चलहरू प्रयोग गर्दै
दिएको कुराले आधारभूत LibreOffice भित्र प्रयोग आधारभूत चलहरूको व्याख्या गर्दछ ।
चल पहिचायकका लागि नाम राख्ने सम्मेलनहरू
यो चलमा अधिकतम २५५ क्यारेक्टरहरूको नाम मात्र सूचीकृत हुन्छ । चल नामको पहिलो क्यारेक्टर अक्षर A-Z वा a-z सम्मको हुनै पर्दछ । नम्बरहरूपनि चलको नाममा प्रयोग गर्न सकिन्छ तर अन्डरस्कोर क्यारेक्टर ("_") को अपवादसँग योजक प्रतीकहरू र विशेष क्यारेक्टरहरू लाई आनुमति हुँदैन । आधारभूत LibreOffice भित्र चल पहिचायकहरू केस संवेदनशील हुँदैनन् । चलहरूमा नामहरू खालीठाउँमा सूचीकृत्र हुनपनि सक्छन् तर तिनीहरूले यसो गरेमा बर्ग कोष्ठहरूमा बन्द गरिनै पर्दछ ।
चल पहिचायकका लागि उदाहरणहरू:
MyNumber=5 'Correct'
MyNumber5=15 'Correct'
MyNumber_5=20 'Correct'
My Number=20 'Not valid, variable with space must be enclosed in square brackets'
[My Number]=12 'Correct'
DéjàVu=25 'Not valid, special characters are not allowed'
5MyNumber=12 'Not valid, variable may not begin with a number'
Number,Mine=12 'Not valid, punctuation marks are not allowed'
चलहरू निश्चित गर्दा
LibreOffice आधारभूत भित्र चलहरूको स्पस्टता घोषणा गर्न आवश्यक पर्दैन । अचलहरूलाई शुध्दिकरण गर्न Dimकथन पूरा गर्नुपर्दछ । एकै पटकमा एक भन्दा भडि चलहरूलाई घोषणा गर्न नामहरू लाई अल्पविराम दिएर विभाजन गर्नुपर्दछ । चलको प्रकारलाई परिभाषित गर्न कि नाम पछाडि प्रकार घोषणा चिन्ह वा उपर्युक्त शब्दकुञ्जीको प्रयोग गर्नुपर्दछ ।
चल घोषणा गर्नका लागि उदाहरण:
Dim a$ 'Declares the variable "a" as a String'
Dim a As String 'Declares the variable "a" as a String'
Dim a$, b As Integer 'Declares one variable as a String and one as an Integer'
Dim c As Boolean 'Declares c as a Boolean variable that can be TRUE or FALSE'
एकपटक घोषणा गरेको निश्चित प्रकारको चलमा, तपाईँ फरक प्रकारको एउटै मानाङ्कन भएको चल घोषणा गर्न सक्नुहुन्न !
दबाब दिएको चल घोषणाहरू
तलका आदेशको प्रयोग गरेर चलहरूको घोषणा गर्न दबाब दिनुहोस् ।
Option Explicit
स्पष्ट विकल्पकथनले पहिलो सवभन्दा अगाडि मोड्युलमा पहिलो रेखा लिन्छ । साधारणतया, बाँणहरूलाई मात्र घोषित स्पष्टताको जरुरत पर्दछ । सबै चलका क्यारेक्टरहरू प्रकार घोषणाका अनुसारै घोषणा गरिन्छ, वा - यदि एउटा पूर्वनिर्धारित प्रकार भुलेको - भए ।
चल प्रकारहरू
आधारभूत LibreOffice ले चारवटा चल बर्गहरूलाई समर्थन गर्दछ:
-
सङ्ख्यात्मकचलहरू नम्बर मानमा सूचीकृत गर्न सकिन्छ । केही चलहरू ठुला वा साना नम्बरहरूमा भण्डारण गर्नलाई प्रयोग गरिन्छ र अरूलाई उत्प्लावन बिन्दु वा खण्डित नम्बरहरूका लागि प्रयोग गरिन्छ ।
-
स्ट्रिङचलहरू सूचीत क्यारेक्टर स्ट्रिङहरू ।
-
बुलियनसूचीत चलहरू कि TRUE वा FALSE मानमा छन् ।
-
वस्तु चलले विभिन्न प्रकारहरूको वस्तु भण्डारण गर्न सक्छ, जस्तै कागजात भित्र टेबलहरू र कागजातहरू ।
इन्टिजर चलहरू
इन्टिजर चलहरूको दायरा- ३२७६८ बाट ३२७६७ सम्म छ । यदि उत्प्लावन बिन्दु मान इन्टिजर चललाई मानांङ्कन गर्ने हो भने दशमलव भएका स्थानहरूलाई अर्को इन्टिजरमा राउन्डेड हुन्छन् । कार्य-विधिहरूमा इन्टिजर चलहरू शीघ्र गणना गरिन्छन् र लूप्समा गणक चलहरूका लागि उपयुक्त हुन्छन् ।एउटा इन्टिजरलाई केबल दुई बाइटको स्मृति आवश्यकता पर्दछ । "%" टाइप-घोषणा क्यारेक्टर हो ।
Dim Variable%
Dim Variable As Integer
लामो इन्टिजरमा चलहरू
लामो इन्टिजर चलहरूको दायरा -२१४७४८३६४८ देखि२१४७४८३६४७ छ । यदि लामो इन्टिजर चललाई उत्प्लावन बिन्दु मान मानांङ्कन गर्ने हो भने दशमलव भएका स्थानहरूलाई अर्को इन्टिजरमा राउन्ड गर्नुहोस् ।कार्यविधीमा लामो इन्टिजर चलहरू शीघ्र गणना हुन्छन र तिनीहरू लामो मानहरूका लागि लूप्समा गणक चलहरका लागि उपयुक्त हुन्छन् । एउटा लामो इन्टिजर चललाई चार बाइट स्मृति आवश्यकता पर्दछ । "&" प्रकार- घोषणा क्यारेक्टर हो ।
Dim Variable&
Dim Variable As Long
दसमलव चलहरू
Decimal variables can take positive or negative numbers or zero. Accuracy is up to 29 digits.
You can use plus (+) or minus (-) signs as prefixes for decimal numbers (with or without spaces).
If a decimal number is assigned to an integer variable, LibreOffice Basic rounds the figure up or down.
एकल चलहरू
एकल चलहरूले ३.४०२८२३x १०ई३८ देखी १.४०१२९८x १०ई-४५ सम्मको दायरामा सकारात्मक या नकारात्मक मान लिन सक्छन् । एकल चलहरू उत्प्लावन-बिन्दु चलहरू हुन जसभित्र दशमलब शुध्दता घटेका र नम्बरहरूको दशमलब नभएका खण्ड बढेका हुन्छन् । औसत शुध्दताको गणितिय गणना गर्नका लागि एकल चलहरू उपयोगी हुन्छन् । गणकहरू पछि इन्टिजर चलहरूका लागि धेरै समय आवश्यकता पर्दछ, तर जोडि चलहरूसँग यि भन्दा द्रुतगतिका गणकहरू हुन्छन् । एकल चलहरूलाई चार बाइट्सको स्मृति आवश्यकता पर्दछ । यो प्रकार-घोषणा क्यारेक्टर "!" हो ।
Dim Variable!
Dim Variable As Single
दोब्बर चलहरू
दोब्बर चलहरूले १.७९६९१३४८६२३२x १०ई३०८ देखी ४.९४०६५६४५८४१२४७x १०ई-३२४ सम्मको दायरामा सकारात्मक या नकारात्मक मान लिन सक्छन् । दोब्बर चलहरू उत्प्लावन-बिन्दु चलहरू हुन जसभित्र दशमलब शुध्दता घटेका र नम्बरहरूको दशमलब नभएका खण्ड बढेका हुन्छन् । निश्चित गणनाका लागि दोब्बर चलहरू उपयोगी हुन्छन् । गणना गर्न एकल चलहरू भन्दा धेरै समय आवश्यकता पर्दछ । दोब्बर चलहरूलाई आठ बाइट्सको स्मृति आवश्यकता पर्दछ । यो प्रकार-घोषणा क्यारेक्टर "#" हो ।
Dim Variable#
Dim Variable As Double
मौद्रिक चलहरू
मौद्रिक चलहरू ६४-बिट् नम्बरहरू (८ बाइट्स)मा आन्तरिक भण्डारण गरिएका हुन्छन् र निश्चित-दशमलव नम्बरमा १५ दशमलव नभएका र ४ दशमलब भएका स्थानहरू सहित प्रदर्शन गर्दछ । यो मान -९२२३३७२०३६८५४७७.५८०८ देखि +९२२३३७२०३६८५४७७.५८०७ सम्मको दायरामा हुन्छ । उच्च शुध्दतासँग मौद्रिक मान गणना गर्नलाई मौद्रिक चलहरूको प्रयोग गरिन्छ । यो प्रकार-घोषाणा क्यारेक्टर"@" हो ।
Dim Variable@
Dim Variable As Currency
स्ट्रिङ चलहरू
स्ट्रिङ चलहरूले ६५५३५ क्यारेक्टरहरू सम्मका क्यारेक्टरहरू लिन सक्छ । प्रत्येक क्यारेक्टरले अनुकूल युनिकोड मानमा भण्डारण गर्न सक्छ । स्ट्रिङ चलहरू कार्यक्रम भित्र शब्द प्रशोधनका लागि र कुनैपनि छाप्ननहुने क्यारेक्टरहरूको ६४ बाइट्स सम्मको अधिकतम लम्बाइलाई अस्थाई रूपमा भण्डारण गर्नका लागि उपयुक्त हुन्छन् । श्रेणिबद्ध स्ट्रिङ चलहरूका लागि स्मृतिको आवश्यकता चलहरूमा भएका क्यारेक्टरहरूको नम्बरमा भर पर्दछ । यो प्रकार-घोषाणा क्यारेक्टर"$" हो ।
Dim Variable$
Dim Variable As String
बुलियन चलहरू
बुलियन चलहरूले दुई मानहरूमा एउटा मात्रै भण्डार गर्दछ:TRUE वा FALSE, नम्बर ०ले FALSE मुल्याङ्कन ,प्रत्येक अरू मानको TRUE मुल्याङ्कन गर्दछ ।
Dim Variable As Boolean
मिति चलहरू
मिति चलहरूले एउटा आन्तरिक ढाँचामा भण्डारण गरिएको मितिहरू र समय मानहरू मात्र समाहित गर्न सक्दछ । मितिश्रृंखला, मितिमान, समयश्रृंखला वा Timevalue सँग मिति चलहरूमा मानाङ्कन गरिएका मानहरू स्वचालित रूपमा आन्तरिक ढाँचामा रूपान्तरित हुन्छन् । दिन, महिना, वर्ष वा घण्टा, मिनेट, सेकेन्ड प्रकार्य प्रयोग गरेर मिति-चलहरू सामान्य नम्बरहरूमा रूपान्तरित हुन्छन् । आन्तरिक ढाँचाले दुइवटा नम्बरहरूको बीचमा भिन्नता गणना गरेर मिति/समय मानहरूको एउटा तुलमा सक्षम पार्दछ । यी चलहरू कुञ्जी शब्द सँग मात्र घोषणा गर्न सकिन्छ मिति ।
Dim Variable As Date
सुरुका चल मानहरू
जति सक्दो चाँडो चलहरू घोषणा भइरहेका हुन्छन्, यसले स्वचालित रूपमै "नल" मानमा सेट हुन्छ । दिएका परम्पराहरूलाई याद गर्नुहोस्:
सङ्ख्यात्मकचलहरू मान "0" घोषणा भएपछि जति सक्दो चाँडो स्वाचालित तरीकाले मानांकित हुन्छन् ।
मिति चलहरू मान 0 सँग आन्तरिक रूपमा मानांकित छन्; मानलाई "0" मा दिन, महिना, वर्ष वा घण्टा, मिनेट, सेकेन्ड प्रकार्य सँग रूपान्तरण गरे बराबर
घोषित स्ट्रिङ चलहरू खाली-स्ट्रिङमा ("") मानाङ्कन भएका हुन्छन् ।
बाँणहरू
विशेष प्रकारको चलद्वारा परिभाषित गरिएको, आधारभूत LibreOfficeले एउटा वा बहु-आयामिक बाँणहरू बुझाउछ । बाँणहरू कार्यक्रममा सूची र तालिकाहरू सम्पादन गर्नका लागि उपयुक्त हुन्छन् । बाँणहरूको व्यक्तिगत तत्वहरू सङ्ख्यात्मक अनुक्रमणिकाद्वारा ठेगना पत्ता लगाउन सकिन्छ ।
एर्रेहरू अनिवार्य रूपमा Dim statement मा उल्लेखित (Declared) हुनै पर्दछ । एर्रेहरूलाई परिभाषित गर्ने थुप्रै तरिकाहरू छन्l
Dim Text$(20) '21 elements numbered from 0 to 20'
Dim Text$(5,4) '30 elements (a matrix of 6 x 5 elements)'
Dim Text$(5 To 25) '21 elements numbered from 5 to 25'
Dim Text$(-15 To 5) '21 elements (including 0), numbered from -15 to 5'
अनुक्रणिका दायरामा सकारात्मक जस्तै नकारात्मक नम्बरहरू पनि समावेश गर्न सकिन्छ ।
अचलहरू
अचलहरू निश्चित मानका हुन्छन् । तिनीहरू पहिले नै मात्रै कार्यक्रममा परिभाषित हुन्छन् र त्यसपछि पुन: परिभाषित गर्न सकिँदैन:
Const ConstName=Expression